शिशिर ढकाल र वीलसन रोग



म शिशिर ढकाल बुबा मुक्तिनाथ ढकाल र आमा पार्वती न्यौपानेढकालको पहिलो सन्तानका रुपमा सिरानचोक७ गोर्खामा ३ असोज २०५३ सालमा जन्मेको हुँ र म नौ वर्षको हुँदा (२०६२ साल माघबाट) वीलसन रोग (Wilson disease) लाग्न सुरु भएको हो । हाल म २२ वर्षे ठीटो वीलसन रोगबाट ग्रस्त भएकै कारण विगत चार वर्षदेखि आमावुवाको सहारा विना हिडडुल गर्न र आफ्नो नित्यकर्म गर्न सम्म नसक्ने अवस्थामा पुगेको छु । 

एउटा दक्ष इञ्जीनियर तथा कुशल राष्ट्रसेवक बन्ने अठोटकसाथ इञ्जीनियरिङ्ग कलेज भर्ना भएको व्यक्ति आज थलापरेर घरभित्रै हुुनु पर्दाको पीडा अनि अर्कोतर्फ अत्यन्त नाजुक शारिरीक अवस्थाले गर्दा दयालु सहयोगी हातहरूको सहयोगको खोजीमा पुगेको छु । त्यसकारण, यो Blog मार्फत् मेरो व्यक्तिगत विवरण हजुरहरू समक्ष जाहेर गर्न चाहेको हुँ । 

मेरो व्यक्तिगत विवरणका साथमा यो वीलसन रोगको छोटो जानकारी पनि राखेको छु र मलाई सहयोग गर्न चाहनु हुने सहयोगी हातहरूको लागि रकम जम्मा गर्न मेरो बैंक खाताको विवरण पनि यसमा संलग्न छ । सहयोगी हातहरूको सहयोग पाएमा र भगवानले साथ दिएमा नेपालमा एउटा Wilson Disease Foundation को स्थापना गर्ने दृढ ईच्छा रहेको कुरा पनि अनुरोध गर्न चाहन्छु ।